प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्यान्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्यान्डको डाबोसमा जनवरी २२ देखि २५ सम्म हुने वर्ल्ड इकोनोमिक फोरमको ४९औँ वार्षिक सभामा भाग लिन जानुभएको छ । भ्रमण टोलीमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १९ सदस्य सहभागी छन् । यो सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी हुन जानु भएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा,...

अपर तामाकोशीको आइतबारदेखि कारोबार

अपर तामाकोशी हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेञ्जमा पुस २६ गते बिहीबार सूचीकृत भएको छ । नेप्सेले कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकरण भएको जनाएको छ । कम्पनी र नेप्सेबीच भएका सम्झौता अनुरुप सम्झौता भएको दिन देखि दोस्रो कारोबार भएको दिन आइतबारदेखि स्टकमा कारोबार हुने उल्लेख छ । यसअनुसार कम्पनीको शेयर आइतबार दोस्रो बजारमा कारोबार हुनेछ । बिक्री भएका शेयर लगानीकर्ताको डिम्याट...

नेप्से र कारोबार दुवैमा सामान्य सुधार

साताको कारोबारको अन्तिम दिन विहीबार १.४८ अंकले बढेको बजार बुधबारको तुलनामा कारोबार पनि झण्डै २ करोड ले बढेको छ । बुधबार ३४ करोड रूपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३६ करोड भन्दा बढीको कारोबार भएको छ । विहीबार नेप्से १.४९ अंकले बढेर ११८०.८४ बिन्दुमा पुगेको छ । ३८७२ कारोबारमा १६६ कम्पनीका १३ लाख ८७ हजार ५९२ कित्ता शेयर किनबेच भएर ३६ करोड ६३ लाख २४ हजार १ सय...

साताको पहिलो दिन शेयर कारोबारमा गिरावटः कारोबार रकममा सुधार

आइतबार शेयर बजार ७.२२ अंकले घटेकोे बजारमा ३१०,३१४,२२२ रुपैयाको कारोबार भयो । कारोबार बिहिबारको तुलनामा केही सुधार आएको छ । कारोबार रकम विहिबार भन्दा झण्डै ४ करोड रुपैयाँले बढी भएको छ । आइतबार नेप्से ७.२२ अंकले घटेर ११७०.७९ बिन्दुमा झरेको छ । १५६ कम्पनीका १३ लाख ६३ हजार ८५४ कित्ता शेयर ४,२५२ कारोबारबाट किनबेच भयो ।